देशभर थप ४०३ जनामा कोरोना पुष्टि, ४०५ जना संक्रमणमुक्त, ६ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशभर थप ४०३ जनामा कोरोना पुष्टि, ४०५ जना संक्रमणमुक्त, ६ को मृत्यु


१ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घन्टामा ५ हजार ३२ पीसीआर परीक्षण भएकोमा ४०३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ४०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ।

देशभर ४ हजार ४ सय २६ सक्रिय संक्रमित रहेका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस