गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते


१ माघ २०७७, बिहिबार


गुल्मी । जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जीप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार जीपमा सवार १२ जनामध्ये दुईजना गम्भीर घाइते भएका छन् भने अन्य १० जनाको अवस्था सामन्य रहेको बताइएको छ। जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको डीएसपी खीमानन्द पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस