२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समितिमा ६ महिनामा ४०४ उजूरी दर्ता

अ+ अ-

काठमाडौँ । तारकेश्वर गरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४०४ उजूरी दर्ता भएका छन् ।

चालू आवमा ४०४ उजूरी दर्ता भएकामा २१ वटा जग्गा विवादको मुद्दा परेको छ । अधिकांश उजूरी साँध सिमाना, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजूरी नगरपालिको न्यायिक समितिमा पर्ने गरेको न्यायिक समितिको संयोजक तथा उपप्रमुख भवानी डोटेल (धिताल) ले बताइन । उनका अनुसार चालू आवमा छ सिमाना विवाद, सात सार्वजनिक जग्गा/बाटोसम्बन्धी, दुई महिला तथा बालबालिका हिंसासम्बन्धी, जग्गा विवादका २१ र अन्य विविध विषयका ३८ उजूरी नगरपालिको न्यायिक समितिमा परेको छ । जसमा १७ वटा सहमति भएका छन् । २७ फैसला भएका, दुई मुल्तबीमा राखिएको र ५८ प्रक्रियामै रहेको छ ।

आव २०७६/७७ मा ९६ उजूरी दर्ता भएकामा २४ जग्गा विवाद, २० सार्वजनिक जग्गा/बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ उजूरी दर्ता भएको बताइन् । यस अवधिमा ४४ मुद्दा किनारा लगाइएको छ । ११ उजूरी मेलमिलाप तथा सहमति भएका, दुई उजूरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उप्रमुख डोटेलले बताइन् ।

घरेलु हिंसा र महिला हिंसाका उजूरीहरु नगरपालिकाको न्यायिक समितिमा अत्यन्त कम पर्ने गरिएको छ । सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजूरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजूरी थोरै पर्ने गरेको बताइएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजूरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजूरी न्यायिक समितिमा पर्ने गरेका छन् ।

आव २०७५/७६ मा ८१ वटा उजूरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी उजूरी परेको थियो । त्यस्तै नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्धविच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजूरी न्यायिक समितिमा दर्ता भएका थिए । सो अवधिमा ३१ उजूरी न्यायिक समितिबाट फैसला गरिएको, २० सहमति भएका, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको थियो ।

चालू आवामा पनि न्यायिक समितिका उजूरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने उजूरीहरु सबै लिखित रुपमै आउने गरेका छन् । उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस