२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहसचिव न्यौपानेसहित सुरक्षा प्रमुखहरूद्वारा हलेसी महादेवको दर्शन

अ+ अ-

खोटाङ । गृहसचिव महेश्वर न्यौपानेसहित सुरक्षा निकायका प्रमुखहरुले खोटाङको त्रिधार्मिकस्थल हलेसीको दर्शन गरेका छन् ।

गृहसचिव न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरुले शनिवार हलेसीको दर्शन गरेका हुन् ।

शुक्रबार खोटाङ पुगेका गृहसचिव न्यौपानेसहित सुरक्षा निकायका प्रमुखले बिहान ७ बजेको शुभसाइतमा हलेसीको दर्शन गरेको हलेसीका स्वयंसेवक पथप्रदर्शक राकेश परियारले बताए। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न खोटाङ पुगेका सुरक्षा निकायका प्रमुखहरुलाई हलेसी तुवाचङु नगरपालिकाका नगरप्रमुख इवन राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरी नायब उपरीक्षक नारायण चिमोरिया, सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रमुख सरोज कार्की, राष्ट्रिय अनुसन्धान विभाग खोटाङका प्रमुख हीरा भट्टराईलगायतले स्वागत गरेका थिए।

समय–समयमा स्वदेश तथा विदेशका प्रतिष्ठित व्यक्ति–व्यक्तित्व त्रिधार्मिक धामका रूपमा परिचित हलेसीको दर्शन गर्दै आएका छन् । किराँत राजा शङ्खोहाङले कलिगत वर्ष २२४७, पल्लो किराँतका प्रथम किराँत राजा लेलिमहाङले कलिगत २२९७ र माझकिराँतका प्रथम किराँत राजा साम्सोहाङले कलिगत २३०१ मा हलेसी दर्शन गरेका थिए ।

यसैगरी स्व राजा वीरेन्द्र र रानी ऐश्वर्या, पूर्वराजा ज्ञानेन्द्र शाहले समेत हलेसीको दर्शन गरिसकेका छन् । पूर्वराष्ट्रपति डा रामवरण यादवले विसं २०७० मा हलेसी दर्शन गरेका थिए भने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मी र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायतले पूजापाठसहित हलेसी दर्शन गरिसकेका छन् ।

काठमाडौँबाट विशिष्ट पाहुना हलेसी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा हलेसीको दर्शन गर्न लागेको अनुमान गरिएको छ । तर विशिष्ट पाहुना विशुद्ध हलेसीको दर्शन गर्न आएको खुलेको छ । हलेसीको दर्शनपछि सबै सुरक्षा निकायका प्रमुखहरु शनिवार नै राजधानी काठमाडौँ फर्किएको नगरप्रमुख राईले जानकारी दिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न विसं २०७६ चैत ८ गते बन्द गरिएको हलेसी मन्दिर प्रवेश गत मङ्सिर १६ गतेबाट खुला गरिएको छ ।

लामो समयको बन्दपछि खुला गरिएको हलेसीमा अहिले दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टङ्क राईले बताए । ‘हलेसीमा रामनवमीको अवसरमा १५ दिन, बालाचतुर्दशीको अवसरमा १२ दिन, शिवरात्रिको अवसरमा सात दिन र हरितालिका तीजको अवसरमा तीन दिन मेला लाग्दै आएको छ’, उनले भने, ‘यस वर्ष कम्तीमा १० पटक मेला लगाउने तयारी गरिएको थियो । कोरोना महामारीका कारण ठूलो घाटा भयो ।’

प्राकृतिक रुपमासमेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर आठ महिनापछि खुला गरिएसँगै बन्द रहेका व्यापार व्यवसायसमेत खुल्न थालेको छ । लामो समयसम्म बन्द गरिएको व्यापार व्यवसाय खुला गरिएपछि घाटामा गएका व्यवसायीसमेत आफ्नो लयमा आएका उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्वअध्यक्ष एवं होटल हलेसी भिलेजका सञ्चालक राजेन्द्र लयालुले बताए ।

प्रतिक्रिया दिनुहोस