२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सर्वोच्चले संशोधन गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहका प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा बोल्दै संविधान बाहिर गएर संविधानकै प्रावधान संशोधन भयो भने संविधान कागजको खोस्टोमा परिणत हुने श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको प्रावधानअनुसार प्रतिनिधि सभा विघटन गरेको उनले बताएका छन्। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरेको श्रेष्ठको भनाइ छ।

‘सर्वोच्च अदालतले पनि संविधानकै आधारमा टेकेर फैसला गर्ने हो, संविधान बाहिर गएर होइन,’ शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘सर्वोच्चलाई हाम्रो संविधानले संविधान संशोधन गर्ने अधिकार दिएको छैन। संविधान अन्तर्गत फैसला गर्ने मात्रै अधिकार दिएको छ।’

संविधान बाहिर गएर संविधानकै प्रावधान संशोधन भयो भने संविधान कागजको खोस्टोमा परिणत हुने श्रेष्ठले बताए।

‘संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधन गर्ने फैसला सर्वोच्चले गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ,’ उनले भने, ‘संविधान च्यातिएको अवस्था हुन्छ। समग्र अवस्था उल्टिने खतरा हुन्छ। संविधान सम्मत ढंगले फैसला गर्छ भन्ने विश्वास छ।’

प्रधानमन्त्री ओलीले पदीय स्वार्थका लागि पार्टी एकता गरेको उनको संकेत थियो। ‘संविधान र पार्टी विधान मान्दिनँ भन्न पाइँदैन,’ उनले भने। प्रधानमन्त्री ओली प्रतिनिधि सभा सुचारू गर्न चाहने हो भने पार्टी एकता सम्भावना पैदा हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस