वामदेव गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वामदेव गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


प्रशासन संवाददाता

२३ पुस २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ ।

नेकपाभित्र विवाद हुँदा सक्रिय हुने चिनियाँ राजदूत यान्छीसँगको गौतमको भेटलाई महत्वका साथ हेरिएको छ । नेता गौतम र राजदूत यान्छीबीच बिहीबार दिउँसो काठमाडौँको नक्सालमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सीफारीसमा गत पुस ५ गते गरिएको संसद विघटन पश्चात नेपाल कम्युनिष्ट पार्टी दुई समुहमा विभाजन भएको छ । एक समुहको नेतृत्व प्रधानमन्त्री समेत रहेका कोपी शर्मा ओलीले गरेका छन् भने अर्को पुष्प कमल दाहाल पचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेका छन् ।

नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतम भने दुवै समूहमा खुलेर लागेका छैनन् । उनले अझै पनि पार्टी एकतामा जोड दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस