प्रधानमन्त्री ओलीले संविधानको पांग्रा भत्काउनुभयो : रिजाल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्री ओलीले संविधानको पांग्रा भत्काउनुभयो : रिजाल


प्रशासन संवाददाता

२२ पुस २०७७, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको एउटा पांग्रो भत्काएको बताएका छन् ।

उनले नेकपाले राजधानीको इन्द्रेणी पार्टी प्यालेसमा आयोजित अन्तर्क्रिया कार्यक्रममा आफूलाई काम नलाग्ने भएपछि संविधानको पांग्रो भत्काएको बताए । रिजालले आफूलाई मन नपर्दैमा भत्काउँदै जाने भए केही पनि नरहने बताए ।

‘उहाँले आफूलाई काम नलाग्ने भएपछि संविधानको पांग्रा भत्काउनुभएको छ,’ रिजालले भने । उनले बहुमतको प्रधामन्त्रीले पनि संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको पनि बताए । उनले दुस्ख गरेको बनाएको संविधानमा फुच्चे सत्तावादी ओलीको बल मिचाइबाट मुक्त गर्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस