२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाहरुलाई चुनावको तयारीमा लाग्न बस्नेतको निर्देशन

अ+ अ-

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले युवाहरुलाई सरकारले आगामी वैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा सङ्घ म्याग्दीले आज बेनीमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै सङ्घका इञ्चार्जसमेत रहेका बस्नेतले ताजा जनादेशका लागि प्रधानमन्त्रीले चालेको संसद् विघटनको कदम स्वभाविक र संवैधानिक भएको बताए । ‘पार्टीका केही नेताले आफ्नो स्वार्थ पूर्ति गर्न सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गर्नुभएको हो’, उनले भने । ‘वैशाखमा हुने चुनावलाई सफल बनाउन तयारीमा लाग्नुहोस् ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्ने, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गर्नेदेखि ठूला विकासका आयोजना भित्र्याएको बताए । शुरुआत गरिएका योजनालाई पूर्णता दिन र राजनीतिक स्थिरता कायम गर्न आगामी चुनावमा प्रम ओलीको नेतृत्वलाई जिताउन अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नवराज शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस