प्रदेश २ नेकपा संसदीय दलका नेता फेरिए, मण्डललाई हटाएर नयाँ जिम्मेवारी महतोलाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश २ नेकपा संसदीय दलका नेता फेरिए, मण्डललाई हटाएर नयाँ जिम्मेवारी महतोलाई


२१ पुस २०७७, मंगलबार


जनकपुर । नेकपा (दाहाल-नेपाल) का १९ जना सांसदले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले संसदीय दलका नेता मण्डललाई हटाएको हो ।

प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् । सोही बैठकले संसदीय दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको छ ।

मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल-नेपाल) समुहकाका प्रदेश सांसद हुन् । जनकपुरस्थित प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई सर्वसम्मति निर्णय गर्दै दलका नेताबाट हटाइएको र महतोलाई दलका नयाँ नेता चुनिएको नेकपाका सचेतक बेंची लुङेलीले जानकारी दिइन् ।

बैठक लगत्तै नेकपाका प्रदेशसभा सदस्यहरुले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस