‘जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ’


प्रशासन संवाददाता

२० पुस २०७७, सोमबार


चितवन । नेकपा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान प्रचण्डलाई सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीको अध्यक्ष चाहिएको भए महाधिवेशनबाट कार्यकर्ताको मन जित्न सक्नुपर्ने मन्त्री बादलको भनाइ छ ।

उनले दाहाल-नेपाल समूह चुनाव देखेर भागिरहेको आरोप लगाउँदै मध्यावधि निर्वाचनमा गएर प्रधानमन्त्री हुन सक्ने बताए । उनले भने, ‘प्रधानमन्त्री बन्न जनताको र पार्टी अध्यक्ष बन्न कार्यकर्ता कहाँ जानुपर्छ । जसको नीति र नेतृत्व राम्रो छ जनताले उसैलाई प्रधानमन्त्री बनाउने बताए।’

उनले दाहाल-नेपाल समुहलाई नयाँ चुनावमार्फत प्रधानमन्त्री बन्ने अवसर रहेको भन्दै मध्यावधी चुनावमा जान आग्रह गरेका छन् । , ‘उपयुक्त नेतृत्व कुन भन्ने विषयका उत्तर दिन हामी यहाँ भेला भएका हौँ ।’ जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ ।’

गृहमन्त्री थापाले उपयुक्त नीति, कार्यक्रम र कुशल नेतृत्वले नै समाजवादसम्म पुर्‍याउन सक्ने पनि बताएका छन्। उनले भने , ‘हामी समाजवाद निर्माणको चरणमा आइपुगेका छौँ, त्यसैले उपयुक्त नीति र नेतृत्व आवश्यक छ ।’ हरेक परिवर्तनका लागि नीति र नेतृत्व आवश्यक रहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस