दाहाल-नेपाल समुहले प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटायो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाहाल-नेपाल समुहले प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटायो


२० पुस २०७७, सोमबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समुहले लम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ।

सोमबार बसेको दाहाल-नेपाल समुहको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको हो ।

पोखरल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।

गुरुङका अनुसार प्रदेश कमिटी गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस