काठमाडौँ । मुलुकभरी रहेका सहकारीमा कूल शेयर पुँजी ९४ अर्ब दश करोड ५० लाख १५ हजार ८ सय तीन रुपैयाँ रहेको सहकारी विभागले गरेको पछिल्लो अध्ययनले देखाएको छ ।
विभागको अध्ययनको तथ्यांकअनुसार बचत सङ्कलनतर्फ चार खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार चार सय ७३ र कूल ऋण लगानीतर्फ चार खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार तीन सय ८१ रहेको पाइएको छ ।
सहकारी सङ्घसंस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको अध्ययनले देखाएको छ ।
मुलुकमा सङ्घीयताको कार्यान्वयनसँगै तीन तहको सरकारहरू (सङ्घ, प्रदेश र स्थानीय) बिच अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरू पनि तीन तहकै सरकारमा विभाजन भएपश्चात् सहकारीको एकीकृत विवरण पहिलो पटक तयार पारिएको हो ।