हुम्लामा भारी हिमपात जनजीवन कष्टकर (फोटोफिचर) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हुम्लामा भारी हिमपात जनजीवन कष्टकर (फोटोफिचर)


२० पुस २०७७, सोमबार


सिमिकोट । गए रातिदेखि परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ। हिमपातसहित हावाहुरीले जिल्लाभरको जनजीवन कष्टकर भएको छ।

सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा आवतजावत गर्न समेत समस्या भएको छ। अचानक हिमपात हुन थालेपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन्।

सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ भने सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा तीन फिटसम्म हिउँ जमेको बताइएको छ।

हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावत समेत बन्द भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस