नेपाललाई कम्बोडिया सरकारद्वारा स्वास्थ्य सामग्री र उपकरण सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाललाई कम्बोडिया सरकारद्वारा स्वास्थ्य सामग्री र उपकरण सहयोग


२० पुस २०७७, सोमबार


काठमाडौँ । नेपाल सरकारलाई कम्बोडिया सरकारले स्वास्थ्य सामग्री तथा उपकरणहरु सहयोग गरेको छ ।

कम्बोडिया सरकारका प्रतिनीधिहरुले आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन विमानस्थलमा ती सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कम्बोडियाका वैदेशिक मामिलासम्बन्धी हेर्ने अधिकारी आउच बोरिथको नेतृत्वमा आएको प्रतिनीधिमण्डलले यहाँको कोभिड १९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको स्वास्थ्य मन्त्रालयद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ ।

दुईवटा विमानमार्फत चार्टर गरेर ल्याइएका स्वास्थ्य सामग्री तथा उपकरणहरुमा पिपिए सेटहरु २० हजार थान, भेन्टिलेटर मेसिन २० थान, फेस मास्क २० लाख थान, सेफ्टी प्लाष्टिक बुट एक हजार थान, गगल्स २० हजार थान, र ह्यान्ड लिक्विड सोप दुई हजार थानलगायत सामग्री रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस