अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन


प्रशासन संवाददाता

१९ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।

अध्यक्ष नेपालको अध्यक्षतामा आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्न कार्यदलले गठन गरेको नेताहरूको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूह क्रियाशील छ। दाहाल-नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने संघर्षका कार्यक्रम पनि घोषणा गरिसकेका छन्।

स्थायी कमिटी बैठक सोमबार १ बजे पुन: बस्ने कमिटी सदस्य योगेश भट्टराईले बताए । आजको बैठकमा सोमबार बस्ने बैठकका लागि आज एजेन्डा पनि तय भएको उनले बताए।

आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि सोमबारको स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस