३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको थियो । त्रिविका लागि पृथु बाँस्कोटाले २८ तथा सुसान्त तिमिल्सिनाले २१ रन बनाए । बलिङतर्फ चितवनका दीपेश श्रेष्ठ, दिवस आचार्य र प्रशान्त महतले दुई–दुई विकेट लिए ।

जितका लागि १४७ रनको लक्ष्य चितवनले ३५ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि रोविन शर्माले २८, विकलकुमार गुप्ताले २२, सङ्घर्ष पौडेलले २०, आकाश थापाले १९ तथा अजित भण्डारीले १७ रन बनाए । बलिङतर्फ त्रिविका लागि आयुश बानियाँले दुई विकेट लिए।

यस्तै शनिबार नै अर्को खेलमा मवकानपुरले भक्तपुरलाई छ विकेटले हरायो । त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३५ दशमलव दुई ओभरमा १३६ रन बनायो । धिरज अधिकारीले ३६, प्रशान्त पण्डितले २९, अदित सुवेदीले १४ र कृष कार्कीले १९ रन बनाउनुभयो । बलिङतर्फ मकवानपुरका लागि रिजन ढकालले तीन तथा पियुष शर्मा र विशाल फुँयालले दुई–दुई विकेट लिए ।

एक सय ३७ रनको विजय लक्ष्य मवकानपुरले २८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि तक्षक सिम्खडाले ६४ तथा विशाल फँुयालले २२ रन बनाए । बलिङतर्फ भक्तपुरका सुवास खत्री र सुसान श्रेष्ठले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस