राजस्व अनुसन्धान कार्यालयभित्र राखिएको ट्रकबाट पेस्तोल बरामद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजस्व अनुसन्धान कार्यालयभित्र राखिएको ट्रकबाट पेस्तोल बरामद


१६ पुस २०७७, बिहिबार


बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र रहेको भारतीय ट्रकबाट प्रहरीले पेस्तोल बरामद भएको छ ।

राजस्व अनुसन्धानसम्बन्धी मुद्दामा राजस्व अनुसन्धान कार्यालयभित्र रहेको भारतीय जिजे ०६एजेड ६३५१ नम्बर प्लेटको ट्रकबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीद्वारा गरिएको चेक जाँचका क्रममा ट्रकको एयर फिल्टरबाट पेस्तोल बरामद गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस