अष्टलक्ष्मी शाक्यले बोलाइन् बागमती प्रदेश संसदीय दलको बैठक पेरिस डाँडामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अष्टलक्ष्मी शाक्यले बोलाइन् बागमती प्रदेश संसदीय दलको बैठक पेरिस डाँडामा


१५ पुस २०७७, बुधबार


काठमाडौँ । नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले पेरिस डाँडामा बागमती प्रदेश संसदीय दलको बैठक बोलाएकी छन् ।
प्रचण्ड–माधवसमूहले मुख्यमन्त्रीमा प्रस्ताव गरेकी  शाक्यले आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बागमती प्रदेश संसदीय दलको बैठक बोलाएकी हुन् ।
यही पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको दर्ता गर्दै शाक्यलाई प्रस्तावित गरिएको थियो ।
मङ्गलवार मुख्यमन्त्री पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका थिए ।
बुधवार नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले महिला भेलाको आयोजना गरेको छ ।
दिउँसो स्थायी कमिटीको अनौपचारिक बैठक बसेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस