ओलीले संविधानलाई कुल्चिएर लोकतन्त्रको हत्या गरे अव हामी चुप बस्न सक्दैनौ : अध्यक्ष दाहाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओलीले संविधानलाई कुल्चिएर लोकतन्त्रको हत्या गरे अव हामी चुप बस्न सक्दैनौ : अध्यक्ष दाहाल


१३ पुस २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युष्टि पार्टी नेकपा दाहाल( नेपाल समूह का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हत्या गरेको बताएका छन् ।

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएर लोकतन्त्रको हत्या गरेर संसद विघटन गरेको भन्दै ओलीको कदमबारे चुप लागेर बस्न नसक्ने बताएका हुन् ।

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेसँगै ओलीले कलंकको टीका लगाएको पनि उनले बताए । उनले भने, ‘आफूलाई इतिहासको कलंकको टिका लगाएर हामीलाई जनतासँग जोडिदिने काम गरिदिनुभयो। बाजी हामीले जितिसकेका छौँ। अब अर्को चुनाव हामी जित्छौँ।’

‘तपाईले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो। नारा दिनुभयो। हामीलाई संविधानको पक्षमा, गणतन्त्रका पक्षकमा, संघीयताको पक्षमा, समावेशीका पक्षमा, जनताको पक्षमा, प्रतिगमनकाविरुद्धमा लड्ने पक्षमा लड्ने मुद्दा दिनुभयो’, उनले भने, ‘अब अर्को चुनाव हामी जित्छौँ। तपाईलाई धन्यवाद।’

उनले लोकतन्त्रको हत्या गरी संसद विघटन गरेर प्रधानमन्त्रीले बाजी हारेको समेत दावी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस