प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रियो कांग्रेस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रियो कांग्रेस


प्रशासन संवाददाता

१३ पुस २०७७, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।

कांग्रेसको प्रदर्शनमा सम्बन्धित क्षेत्रका सांसद तथा नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

काठमाडौँको बानेश्वरमा काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभामा कांग्रेस नेता प्रकाशमान सिंहको सम्बोधन सुरु भएको छ। उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए। यस्तै अरु दश क्षेत्रका विभिन्न १५ स्थानमा प्रदर्शन सुरु भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस