माधव नेपाललाई भेट्न एभरेष्ट होटल पुगे चिनियाँ उच्चस्तरीय टोली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

माधव नेपाललाई भेट्न एभरेष्ट होटल पुगे चिनियाँ उच्चस्तरीय टोली


प्रशासन संवाददाता

१३ पुस २०७७, सोमबार


काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौ नेतृत्वको नेपाल भ्रमणमा आएका उच्चस्तरीय टोली र नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

बानेश्वर स्थित एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो ।

यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । खुमलटारपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर आएको हो ।

आइतबार काठमाडौँ आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ ।

टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस