स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली, बैठक भन्दा बढी काम गर्न कर्मचारीलाई निर्देशन « प्रशासन
Logo १५ जेष्ठ २०८१, मंगलबार
   

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली, बैठक भन्दा बढी काम गर्न कर्मचारीलाई निर्देशन


१२ पुस २०७७, आइतबार


काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयमा आयोजित एक कार्यक्रममा पदबहाली गरेका छन् । स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार नियुक्त भएका मन्त्री त्रिपाठीले आइतबार पदबहाली गरेका हुन् । उनले पहिलो निर्णय गर्दै आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने फाइलमा हस्ताक्षर गरेका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी वर्ष स्थानीय तहमा ५१० र १५ बेडका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका हुन् । गत मंसिर १५ गते अस्पताल तथा संस्थासंस्था नभएका ३९६ वटा स्थानीय तहमा एकैसाथ अस्पतालको शिलान्यास गरिएको थियो । पदबहाली कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिब बैकुण्ठ अर्यालले स्वास्थ्य क्षेत्रमा धेरै काम हुन बाँकी रहेको बताए ।

उनले छिट्टै सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने पनि बताएका छन् । मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए ।

उनले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताए । सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनैपनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीले बताए । उनले छलफल र बैठक भन्दा पनि काम बढी गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस