चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल आज नेपाल आउँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल आज नेपाल आउँदै


१२ पुस २०७७, आइतबार


काठमाडौँ । आज चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँदै छ । चीनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको टोली आइतबार काठमाडौँ आउन लागेको हो ।

नेपालको राजनैतिक घटनाक्रम र नेकपामा आएको विभाजनले अस्थिरता बढीरहेका बेला चार सदस्यीय चीनियाँ टोली आउन लागेको हो । उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ। त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ।

नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार,‘चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले यहाँ रहँदा सत्तापक्षको नेकपा र सत्ताबाहिरको नेकपाका दुवै टोलीका शीर्षस्थ नेताहरूसँग भेटघाट गर्ने र त्यसका लागि समय लिने काम भएको छ, उहाँहरू ग्राउन्डमै आएर नेकपा विभाजनको अवस्था के रहेछ भनेर बुझ्न खोज्नुभएजस्तो लाग्छ।’

कुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन्। विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा सिनियर नेता हुन्। नेपालको राजनीतिबारे अर्का छिमेकी राजदूत पनि दिल्ली पुगेका बेला उनको भ्रमण हुन लागेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस