काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रहरी हस्तक्षेपका बीच शनिबार राजधानीमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपति विद्या देवि भण्डारीले पुस ५ गते गरेको संसद विघटनको कदमको विरोधमा जसपाले मसाल जुलुस निकालेको हो ।
सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच झडप भएको थियो ।