२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्थायी समितिको निर्णय विपरित संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटीपूर्ण छ’

अ+ अ-

काठमाडौँ । नेकपाका नेता हरिबोल गजुरेलले स्थायी समितिको निर्णय विपरित संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटीपूर्ण भएको बताएका छन् । उनले दल विभाजनको दुर्भाग्यपूर्ण अवस्थामा पुगे पनि जनआन्दोलनको उपलब्धी नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले एक-अर्काको योगदान र अस्थित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गाली गलौज र टिक्का टिप्पणी रोक्न दुवै समूहलाई सल्लाह दिए ।

नेता गजुरेलले भने, ‘स्थायी समितिको निर्णय विपरित तथा अरु सम्भावनाको खोजी बिनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटीपूर्ण छ ।’ उनले पार्टी विभाजनले उपलब्धी संस्थागत गर्न चुनौती खडा हुने भएकाले तटस्थ रही एकताका लागि आफूले भगीरथ प्रयास गरे पनि अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वकांक्षाले एकता जोगाउन बाधा पुगेको धारणा राखे ।

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुरेलले भने,’पछिल्लो समय थेग्नै नसक्ने गरी नाङ्गोरुपमा भएको विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग गर्‍यो ।’

पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुल्याउन गुटवन्दी होइन, विचार समूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उनले एकता कायम राख्न बालुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीको पक्षमा आफूले इमान्दारपूर्वक वकालत गर्दै आएको घटना सुनाए ।

प्रतिक्रिया दिनुहोस