हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते


११ पुस २०७७, शनिबार


मकवानपुर । हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका-८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । सोही दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका-२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस