आइसिटी अवार्ड-२०२० को ग्राण्ड फिनाले शनिबार हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइसिटी अवार्ड-२०२० को ग्राण्ड फिनाले शनिबार हुने


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । पाँचौँ आइसिटी अवार्ड-२०२० को ग्राण्ड फिनाले शनिबार हुने भएको छ ।

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार हुने भएको हो । सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका साथ यो अवार्ड हरेक वर्ष प्रदान गरिन्छ ।

अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले लिभिङ विथ आइसिटीको आयोजनामा हुने कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न ११ विधामा सम्मान गरिने बताए ।

अवार्ड २०२० का विजेताले विशेष सम्मान, शिल्डसहित अन्य सहुलियतपूर्ण कर्जासमेत प्राप्त गर्ने छन् । स्टार्ट अप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले सरकारको स्टार्ट अप कोषअन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधा पाउने अवार्डका संयोजक लम्सालले बताए ।

यस्तै पुरस्कृतलाई राष्ट्रिय वाणिज्य बैंकले रु १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने बताइएको छ । इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेलमार्फत विशेष आर्थिक पुरस्कार स्वरुप रु तीन लाख प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस