फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प, क्रिसमस मनाउन भेला भएकाहरुको भागाभाग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प, क्रिसमस मनाउन भेला भएकाहरुको भागाभाग


प्रशासन संवाददाता

१० पुस २०७७, शुक्रबार


मनिला । फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र  इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव तथा ‘क्रिसमस’ डे मनाउन भेलाभएका विभिन्न स्थानका मनिसहरुमा भागाभागको अवस्था आएको बुझिएको छ । क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७।४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराईमा रहेको थियो । भूकम्प बान्तागास प्रान्तमा केन्द्रित थियो ।

फिलिपिन्स र आसपासका मुलुकहरु भूकम्पीय दृष्टिबाट निकै जोखिमपूर्ण मानिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस