वाग्मती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, तीन मन्‍त्रीले दिए राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वाग्मती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, तीन मन्‍त्रीले दिए राजीनामा


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा दाहाल-नेपाल समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ सो प्रस्ताव दर्ता भएको हो ।

त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस