निर्वाचन आयोग पुगे दाहाल-नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन आयोग पुगे दाहाल-नेपाल


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्।

प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध दाहाल-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि उक्त समूहका नेता-कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर गएका थिए।

अहिले अरू प्रदर्शनकारीलाई प्रहरीले अगाडी जान निशेध गरिएको भन्दै जमलमै रोकिएको छ भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन्।

आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस