२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाही र राउतद्वारा ‘ख्रिष्टमस’को शुभकामना

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रिष्टमस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले आज सन्देश जारी गर्दै ‘ख्रिष्टमस’ले सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा आपसी सद्भाव, स्नेह, सहिष्णुता र भ्रातृत्वको भावना वृद्धि गर्दै राष्ट्रिय एकता, शान्ति र विकास निर्माणका लागि समेत योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतासहितको विविधतायुक्त देशभित्रको समाजमा मानिँदै आएका विभिन्न धर्म, संस्कृति एवं पर्वले नेपाली समाजलाई अझ बढी मौलिक र सम्पन्न बनाएको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै भौतिक दूरी कायम गरेर सङ्घीय तथा प्रदेश सरकारले निर्देशन गरेका स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डलाई पालना गरी सावधानीका साथ पर्व मनाउन अनुरोध गरेका छन् ।

प्रदेश सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को सोच साकार पार्न सबै राजनीतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक, सङ्घसंस्था, निजी क्षेत्र, पत्रकार सञ्चारकर्मीलगायत सबै कर्णालीवासीलाई सो पर्वले प्रेरित गर्ने विश्वास लिइएको मुख्यमन्त्री शाहीले बताएका छन् ।

जनकपुर- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव तथा ‘क्रिसमस’ डेका अवसरमा प्रदेशवासीका साथै सम्पूर्ण इसाई धर्मालम्बीमा शुभकामना व्यक्त गरेका छन्।

सर्वसाधारणलाई विभेद, अन्याय, अत्याचारबाट मुक्ति दिलाउन येशु ख्रिष्टले दिएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेदविरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन् भनी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । क्रिसमस डेले सबैमा भाइचारा र सौहार्द सन्देश प्रदान गरोस् भन्ने कामना गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र पर्व मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस