केपी ओली कामचलाउ होइन फुलफेज प्रधानमन्त्री हो : प्रवक्ता ज्ञवाली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

केपी ओली कामचलाउ होइन फुलफेज प्रधानमन्त्री हो : प्रवक्ता ज्ञवाली


९ पुस २०७७, बिहिबार


काठमाडौँ । नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ नभएको पनि प्रस्ट पारेका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवाली केपी ओली कामचलाउको रुपमा मात्र नभएको बताएका हुन् ।

दाहाल-नेपाल समूहले केपी ओलीलाई कामचलाउ प्रधानमन्त्री भएको आरोप लगाएको पत्रकारको जिज्ञासामा प्रवक्ता ज्ञवालीले भने, ‘प्रधानमन्त्री कामचलाउ हुनुभएको छैन । राष्ट्रपतिले पनि त्यस्तो पत्र दिनुभएको छैन । उहाँ फुलफेज प्रधानमन्त्री हो ।’

नेकपा दाहाल-नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएको विषयमा प्रवक्ता ज्ञवालीले संसद् नै नभएको संसदीय दलको बैठकले दलको नेताबाट हटाएको नसुहाएको तर्क गरे । उनले अबको पहिलो काम भनेको मन्त्रिपरिषद् बिस्तार गर्ने रहेको बताएका छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । ती ठाउँमा मन्त्रि नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको उनले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस