यस्ता छन् दाहाल-नेपाल समुहको आन्दोलनका कार्यक्रम « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यस्ता छन् दाहाल-नेपाल समुहको आन्दोलनका कार्यक्रम


९ पुस २०७७, बिहिबार


काठमाडौँ । दाहाल-नेपाल समुहको बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी नेकपाको केन्द्रीय समिति बैठक सकिएको छ । बैठक सकिएसँगै अध्यक्ष प्रचण्डले जस्तोसुकै अवस्थाको सामना गर्दै सशक्त आन्दोलनमा जान सम्पूर्ण केन्द्रीय समितिलाई निर्देशन दिएका छन् ।

बैठकले संसद विघटनविरुद्ध देशभर आन्दोलनको घोषणा गरेको छ। भोलिबाटै आन्दोलन सुरु गर्ने भए पनि देशव्यापी प्रदर्शन भने १४ गते गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए। प्रदर्शन काठमाडौँदेखि सुरु भएर देशव्यापी बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए।

बैठकले पुस १० गते बिहान साढे ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कमिटीका सदस्य र पार्टीको तर्फबाट सांसदमा रहेका सांसदको उपस्थितिमा विशेष कार्यक्रम रहेको घोषणा गरेको छ ।

त्यसैगरी पुस १० गते राजधानीमा पार्टी अध्यक्षको तर्फबाट पत्रकार सम्मेलन हुने। २ बजे पत्रकार सम्मेलन हुनेछ। त्यस्तै पुस ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने। सात दिनभित्र प्रदेश कमिटीको बैठक गर्ने निर्णय गरेका छन् ।

पुस १२ गते ७७ जिल्ला स्तरीय कार्यकर्ता भेला हुने। उक्त भेलामा एकीकृत पार्टीलाई कसरी अगाडि बढाउने र एकताविरुद्धका भ्रमलाई कसरी चिर्ने र प्रतिगामी कदमविरुद्ध कसरी संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम रहेको छ ।

पुस १४ गते राजधानी र जिल्ला(जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध कार्यक्रम रहेको छ भने, पुस २० गतेसम्म नगरपालिका र गाउँपालिकामा बैठक रहेको छ । पुस २५ गतेसम्म वडा स्तरमा कार्यक्रम गर्ने भएको छ ।

राजधानीमा यो बीचमा पनि विभिन्न स्थानीय कार्यक्रम गरिने भएको छ । संघर्षको कार्यक्रमलाई व्यवस्थित ढंगले परिचालन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्य रहेको केन्द्रीय समिति बनेको छ। केन्द्रीय समितिको सचिवालय समेत बनेको छ,

पहिलो चरणका कार्यक्रमपछि अझ सशक्त कार्यक्रमको घोषणा गर्ने तयारी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकको समापन हुँदै गर्दा केन्द्रीय सदस्यहरुले संसदको कथित विघटन असफल पार्छौं, प्रतिगामी षडयन्त्र मुर्दावाद, पार्टी एकता जिन्दावाद जस्ता नारा लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस