संसद् बैठक बोलाउन सभामुख सापकोटालाई जसपाको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद् बैठक बोलाउन सभामुख सापकोटालाई जसपाको आग्रह


प्रशासन संवाददाता

९ पुस २०७७, बिहिबार


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुले सभामुख अग्‍निप्रसाद सापकोटालाई प्रतिनिधिसभा बैठक बोलाउन गर्न आग्रह गरेका छन् ।

सभामुख सापकोटालाई आज सिंहदबारस्थित उनकै कार्यकक्षमा भेट गर्दै जसपा नेताहरुले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित जसपाले बैठक आह्‌वान गर्न आग्रह गरेको छ ।

नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सभामुखलाई भेट्न सिंहदरबार पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस