नेपालका तीन खेलाडीले युएईमा टी-१० लिग खेल्ने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपालका तीन खेलाडीले युएईमा टी-१० लिग खेल्ने


९ पुस २०७७, बिहिबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन् ।

बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ । कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् ।

केसी र मल्ल पहिलो पटक विदशी लिग खेल्न लागेका हुन् । यसअघि टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन् । खड्का यसपटक टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामारहेका छन् । टी–१० लिग सन् २०२१ जनवरी २८ देखि शुरु हुनेछ । उक्त प्रतियोगितामा आठ टोली भिड्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस