केन्द्रीय समिति बैठकअघि पौडेल पक्षको भेला « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

केन्द्रीय समिति बैठकअघि पौडेल पक्षको भेला


९ पुस २०७७, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका छन्। आज मध्यान्ह पौडेलले अनामनगरमा आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका हुन्।

संसद विघटनविरुद्ध आन्दोलनमा जान सभापति देउवालाई दवाव दिनका लागि पौडेलले भेला बोलाएको एक केन्द्रीय सदस्यले बताएका छन्। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने छ ।

बुधबारको बैठकमा पौडेलले आन्दोलनका कार्यक्रम घोषणाको माग गर्दा सभापति र वरिष्ठ नेताबीच पनि घोचपेच भएको थियो।

पौडेलले बोलाएको भेलामा पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापासहितका नेताहरु सहभागी छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस