नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै


९ पुस २०७७, बिहिबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा बस्दै छ भने प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो ।

यसअघित मंगलबार पनि दुवै पक्षको बैठक बसेको थियो । ओली समूहको बैठकले एक हजार एक सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो । यस्तै पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

यस्तै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

यस्तै प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

दुवै समूहले नेकपाको आधिकारिक पार्टी आफू ण्आफू नै नै भएको दाबी गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस