बैतडीमा जीप दुर्घटना, चालकको मृत्यु, तीन घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैतडीमा जीप दुर्घटना, चालकको मृत्यु, तीन घाइते


९ पुस २०७७, बिहिबार


बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान ५ बजेतिर जयपृथ्वीराज मार्गअन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से १ ज ८४३ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबैतडीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

बैतडीको पुर्चौड नगरपालिका–४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर छ ।

दुर्घटनामा अर्का घाइते बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ।

घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस