सुर्खेतमा तीन इन्जिनियर र नौ सब-इन्जिनियर रिक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा तीन इन्जिनियर र नौ सब-इन्जिनियर रिक्त


८ पुस २०७७, बुधबार


सुर्खेत । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन सुर्खेतमा ९ सब–इन्जिनियर र ३ इन्जिनियरको दरबन्दी खाली रहेको छ ।
कार्यालयको अभिलेखमा १२ सब–इन्जिनियर र ६ इन्जिनियरको दरबन्दी रहेको भए पनि सब–इन्जिनियर सलिना दाहाल, टोप नारायण पौड्याल र प्रकाश रावत गरी ३ जना र इन्जिनियर तुला राम शर्मा, श्रवण कुमार महतरा र सजना पोखरेल मात्र कार्यालयमा कार्यरत छन् ।
कार्यालयको कार्यभार सुर्खेत, दैलेख गरी ३ सय ५५ कि.मी सडक तथा पक्की पुलको अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्ने रहेको छ ।
नियमित अनुगमन र सुपरिवेक्षणले कार्यमा शीघ्रता र गुणस्तर कायम गराउने भएकोले १२ जनाको कार्यभार ३ जना र ६ जनाको कार्यभार ३ जनाले पुरा गर्दा कार्यमा प्रभावकारिता पाइएको छैन । भौगोलिक रूपमा विकट भएरै होला, मन्त्रालयबाट पठाउँदा पनि कर्मचारी आउन अटेर गरेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख ई. विजय कुमार थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस