हवल्दारमार्फत् घूस असुल्ने सशस्त्र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा  « प्रशासन
Logo २४ मंसिर २०८०, आइतबार
   

हवल्दारमार्फत् घूस असुल्ने सशस्त्र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा 


८ पुस २०७७, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्की र सहायक हवल्दार लीलबहादुर गुरुङ विरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले १९ मङ्सिरमा ३५ हजार घूस रकम सहित रंगेहात पक्राउ गरेका सहायक हवल्दार गुरुङको बयानका आधारमा निरीक्षक कार्कीसमेत तानिएपछि दुबै जना विरुद्ध मुद्दा दायर गरिएको हो । दुवै जना सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट कृष्ण नगरमा कार्यरत थिए ।
गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई कृष्ण नगर–२, गोलघर स्थित मिलन रेस्टुरेन्ट एन्ड गेस्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिएको थियो ।
आयोगको अनुसन्धानमा गुरुङले कार्यालय प्रमुख कार्कीको निर्देशनमा सेवाग्राहीलाई भारतबाट समान ल्याउन सहजीकरण गरिदिने बापतको रकम असुल्न खटाएको खुलेको हो ।
अख्तियारले दुवै विरुद्ध  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० अनुसार चार महिना कैद र बरामद रकम जफतको माग दाबी सहित मुद्दा दर्ता गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस