प्रधानमन्त्री र बादलबीच बालुवाटारमा छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री र बादलबीच बालुवाटारमा छलफल


८ पुस २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री एवमं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । बुधबार बिहान ओली र थापाबीच करिब एक घण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । बादल अहिले कुनै पनि समूहको बैठकमा सहभागी भएका छैनन् ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार र मंगलबार मन्त्रीक्वार्टर पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन अनुरोध गरेका थिए। बादल मंगलबार भएको प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा सहभागी भएनन्।

बबरमहलमा उक्त समूहको बैठक चलिरहेका बेला बादल उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्न उनको निवास भैंसेपाटी गएका थिए। वामदेवले पनि अब कुन समूहमा जाने भन्ने खुलाएका छैनन्।

प्रधानमन्त्री ओली र बादलबीच आजको भेटमा के–के कुराकानी भयो भन्ने खुलाइएको छैन। स्रोतका अनुसार उनले अब कुन समूहमा जाने भन्नेबारे निर्णय गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस