बेलायतबाट नेपाल आउनेलाई प्रवेशमा रोक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बेलायतबाट नेपाल आउनेलाई प्रवेशमा रोक


७ पुस २०७७, मंगलबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । कोरोना नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाइएको छ । पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्यरुपमा सातदिन क्वारेन्टिन बसेपछि जाँच गरेपछि मात्रै गन्तब्यमा जान पनि अनुरोध गरेको छ ।

नेपाल आउन ट्रान्जिटमा रहनेहरुले अनिवार्य १० दिन होटलमा क्वारेन्टिनमा बसी परीक्षण गरेरमात्रै गन्तव्यमा जान पनि सरकारले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस