युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त


७ पुस २०७७, मंगलबार


काठमाडौँ । पूर्वअर्थमन्त्री युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सिफारीसमा पूर्वअर्थमन्त्री खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राजदूतमा नियुक्त गरेको उल्लेख गरेको छ।

पूर्वगभर्नरसमेत रहेका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएका थिए। यद्यपि नेकपाभित्रकै असहमतिका कारण उनी लामो समय अर्थमन्त्री रहन सकेनन्।

उनलाई प्रधानमन्त्रीको सल्लाहकार बनाएका थिए । लगत्तै मन्त्रिपरिषद्‍द्वारा अमेरिकाको राजदूतमा सिफारिस खतिवडालाई राष्ट्रपति भण्डारीले मंगलबार नियुक्त गरेकी हुन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस