नेकपा सांसदद्वारा संसद विघटन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सांसदद्वारा संसद विघटन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता


७ पुस २०७७, मंगलबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनको निर्णयविरुद्ध नेकपाका सांसदहरुले सर्वोच्चमा रिट पेश गरेका छन्।

नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार दिउँसो सर्वोच्च अदालतमा रिट पेश गरेका हुन्।

उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै राष्ट्रपति संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

सांसद शशी श्रेष्ठका अनुसार, त्यसमा नेकपाका करिब ९० जना सांसदहरुको सहमति छ ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस