नारायणकाजीलाई हटाएर पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नारायणकाजीलाई हटाएर पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई


७ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएका छन् ।

आज बालुवाटारमा बसेको ओली निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नारायणकाजी श्रेष्ठ प्रकाशलाई हटाएर ओली पक्षले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई सुम्पिएको हो ।

ओली पक्षको केन्द्रीय समिति बैठक अहिले बालुवाटारमा जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस