नेकपाका दुई पक्षको केन्द्रीय कमिटी बैठक, के फुटको सङ्केत हो ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपाका दुई पक्षको केन्द्रीय कमिटी बैठक, के फुटको सङ्केत हो ?


७ पुस २०७७, मंगलबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षले छुट्टा छुट्टै बैठक बोलाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

यस्तै प्रचण्ड र माधव नेपाल पक्षले दिउँसो १ बजे बबरमहलमा रहेको कार्की ब्याङ्केटमा बैठक बोलाएका छन् ।

नेकपा कार्यालयमा दुई सचिवले छुट्टाछुट्टै बैठकका लागि एसएमएस पठाएका छन् ।

प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको छ ।

ओली समूहले पनि प्रचण्ड–नेपाल समूहलाई कारवाहीको तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

ओली र प्रचण्ड पक्षको छ्ट्टाछुट्टै बोलावट भएको बैठकले पार्टी फूट नजिक पुगेको केही नेताहरु ले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस