संसद् बैठक बोलाउन माग गर्ने दाहाल-नेपाल पक्षको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद् बैठक बोलाउन माग गर्ने दाहाल-नेपाल पक्षको निर्णय


६ पुस २०७७, सोमबार


काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको हो ।

सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुको उपस्थितिमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको नेता देव गुरुङले जानकारी दिए ।

भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ । भेलाले प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकाल्दै संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्नेमा जोड समेत दिएको छ ।

केही समयअघि सकिएको यो बैठकलगत्तै बानेश्वरमा हुने भनिएको स्थायी कमिटीको बैठक स्थगीत गरिएको छ । बैठक स्थगित गरेर नेताहरु प्रमुख प्रतिपक्षी कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सानेपा हिँडेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस