२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उखु किसानको आन्दोलन जारी

अ+ अ-

काठमाडौँ। उखु किसानले आन्दोलन स्थगित नगर्ने भएका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच आइतबार भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगीले भुक्तानी दिने क्रम सुरु गरेकाले आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए तर उखु किसानले सम्पूर्ण भुक्तानी नभएसम्म आफूहरूले आन्दोलन स्थगित नगर्ने अडान लिएका छन् ।

श्रीराम सुगर मिलले २५ करोड र अन्नपूर्ण सुगर मिल तथा इन्दिरा सुगर मिलका सञ्चालकले आठ करोड रुपियाँ भुक्तानी गरिसकेका छन् । ती मिलका सञ्चालकले दिनदिनै भुक्तानी गर्दै आएको भए पनि किसानले पूरै भुक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन् ।

आन्दोलनको अगुवाइ गरिरहेका राकेश मिश्रले सोमबारदेखि मौन आन्दोलन गर्ने बताएका छन् । मन्त्रालयले किसानको सम्पूर्ण बक्यौता भुक्तानी गराउन पहल गर्ने प्रतिबद्धतासमेत गराएको छ ।

उद्योगीले पनि यो महिनाभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराइदिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयले गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई भुक्तानीका लागि उद्योगीलाई दबाब दिन भनेको छ । उद्योग मन्त्रालयका अनुसार श्रीराम सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिलको नौ करोड र इन्दिरा सुगर मिलको चार करोड ७० लाख भुक्तानी गर्न मात्र बाँकी रहेको छ । महिनाभित्र भुक्तानी गर्ने उद्योगीहरूको प्रतिबद्धता छ ।

अरू चिनी उद्योगीले अधिकांश किसानको खाता नम्बर प्राप्त नभएका कारण भुक्तानीमा समस्या भएको जानकारी उद्योग मन्त्रालयलाई गराएको छ । सम्पर्कमा रहेका र जसको बैङ्क खाता छ, उनीहरुको भुक्तानी भइरहेको छ ।

बैङ्क खाता नभएकाको भुक्तानीमा समस्या भइरहेको सहप्रवक्ता उर्मिला केसीले जानकरी दिइन्।

प्रतिक्रिया दिनुहोस