प्रधानमन्त्रीको कदम संविधानमाथिको ‘कू’ : विवेकशील साझा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीको कदम संविधानमाथिको ‘कू’ : विवेकशील साझा


५ पुस २०७७, आइतबार


काठमाडौँ । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमलाई ‘घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही’ को संज्ञा दिएको छ। आइतबार एक विज्ञप्तिमार्फत उसले संसद विघटनका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष गरेको सिफारिसलाई ‘संविधानमाथिको स्पष्ट कू’ भनेको छ।

ओलीको कदमलाई लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई-तिहाइ जनमतमाथिको निर्लज्ज घात भएको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बताएका छन् । उनले भनेका छन्, ‘जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्ने हामीलाई विश्वास छ ।’

नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ नदिएको उल्लेख गर्दै विवेकशील शाझाले ओलीको पछिल्लो कदमले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेको बताएको छ।

विज्ञप्तिमा ओलीले झण्डै दुई-तिहाई जनमतमाथि निर्लज्ज घात गरेको पनि उल्लेख गरिएको छ। उसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदको गरिमा जोगाउन भएपनि मन्त्रिपरिषदको पछिल्लो सिफारिश सदर नगर्न माग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस