२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकूदलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री गुरुङ

अ+ अ-

भीमेश्वर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले खेलकूद क्षेत्रको विकासका लागि भौतिक संरचनाको निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको आज शिलान्यास गर्दै उनले दोलखा जिल्लाका राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्रथामिकतामा राखी आफू अगाडि बढ्ने बताए । करिब रु २५ करोडको लागतमा रङ्गशाला निर्माण हुने बताइएको छ ।

मन्त्री गुरुङले लामो समयदेखि निर्माणाधीन माथिल्लो तामाकोशी देशकै गौरवको आयोजना भएकाले यसलाई छिटो सम्पन्न गरी विद्युत् उत्पादन गर्न निर्देशन दिए । उनले भने, ‘४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना जिल्लाको मात्रै नभई नेपालकै गौरवको आयोजना भएकाले यसै वर्ष निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्न आग्रह गर्दछु ।’

उनले एशियाकै दोस्रो ठूलो नेपाल ओरन्टम्याग्नेसाइड खानीको उत्खनन, चलचित्र नगरीको रूपमा विकसित हुनलागेको डाङडुङे (फिल्म सिटी) को विकास र चीनसँग नाका जोडिने लामाबगर–लप्ची सडक, तामाकोशी तेस्रो जलविद्युत्लगायतका आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मन्त्री गुरुङले चीनसँग जोडिने लामाबगर–लप्चीसम्मको सुरुङमार्गको ठेक्का सम्झौता पनि छिटै हुन लागेको जानकारी दिए । ‘समृद्ध दोलखा र सुखी दोलखाली’को सपनालाई आत्मसात गर्दै आफू अगाडि बढ्दै जाने उनको भनाइ थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसीले जिल्लालाई खेलकूदका माध्यमबाट विकास गर्न सङ्घीय सरकारबाट पनि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरे ।

संचार मन्त्री गुरुङ शनिबार गृह जिल्ला पुगेका छन् । उनी यही पुस ६ गते सम्म जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस